कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो | Khabarhub Khabarhub

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल च्याम्पियनसिपको रजत पदकमा जितेको छ।

श्रीलंकाको कोलोम्बोस्थित सुगाथाडासा स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको फाइनलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल रजत पदकमा सिमित बनेको हो।

नेपालले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । नेपालले लगातार दोस्रो सेट २०–२५ र तेस्रो सेट २१–२५ ले किर्गिस्तानलाई सुम्पियो। तर चौथो सेट सुरुवातमा प्रतिस्पर्धात्मक भएपनि नेपालले लगातार अग्रता बनाउन पुग्यो। नेपालले चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा पुर्‍याएको थियो।

पाचौँ तथा अन्तिम सेट नेपालले १५–११ ले किर्गिस्तानलाई सुम्पिँदा नेपाल रजत पदकमा सिमित बन्न पुग्यो। अघिल्लो वर्ष नेपालले कास्यपदक जितेको थियो।

यसअघि समूह चरणमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा नै पराजित भएको थियो।

नेपाली टोलीले दोस्रो सेमिफाइनलमा मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानसँगको भेट पक्का गरेको थियो। नेपालले मालदिभ्सलाई २५–११, २५–३ र २५–५ को सेटमा पाखा लगाएको थियो।

त्यसअघि भएको पहिलो सेमिफाइन्लमा किर्गिस्तानले श्रीलंकामाथि सोझो सेटमा नै जित निकालेको थियो। कीर्गिस्तानले श्रीलंकालाई २६–२४, २५–२२१ र २५–१५ ले हराउँदै उपाधि नजिक पुगेको हो।

आजै तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले मालदिभ्सलाई सोझो सेटमा हराउँदै कास्य पदक जितेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ५९ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो