सहिदलखन गाउँपालिकामा सोमबार सार्वजनिक बिदा « Khabarhub

सहिदलखन गाउँपालिकामा सोमबार सार्वजनिक बिदा


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गोरखा- जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

पालिकाको वडा नं २ र ३ मा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा सोमबार गुठी पञ्चमीका दिन हुने विशेष पूजाको अवसरमा पालिकाले सार्बजनिक बिदा गर्ने निर्णय गरेको हो।

सोमबार मनकामना मन्दिरमा विशेष पूजा एवं मेला लाग्ने हुँदा गाउँपालिकाभर बिदा दिएको पालिकाले जनाएको छ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा हरेक वर्ष गुठी पूजाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको र सोही निर्णय अनुसार सोमबार सार्वजनिक बिदा दिएको पालिकाको भनाइ छ।

सोमबार पालिकाअन्तरगतका सम्पूर्ण कार्यालय र पालिकाभित्रका विद्यालयहरुमा समेत स्थानीय बिदा दिएको बताइएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : १४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल