धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बाप्र ०१–०२७ च ०३४० नम्बरको जिपको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

घटनापछि स्थानीयवासी केही बेर सडक अवरुद्ध गरेका थिए । ठक्कर दिने जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ४० बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्