अमेरिकी रक्षामन्त्रीले चिनियाँ समकक्षीलाई भने- आफ्नो हितको रक्षा गर्न कुनै कसर बाँकी राख्दैनौँ « Khabarhub

अमेरिकी रक्षामन्त्रीले चिनियाँ समकक्षीलाई भने- आफ्नो हितको रक्षा गर्न कुनै कसर बाँकी राख्दैनौँ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले आफ्नो हितको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बताएका छन् । मलेशियाको क्वालालम्पुरमा आयोजित कार्यक्रममा चिनियाँ समकक्षी डोङ जुनसँगको भेटवार्ताका क्रममा रक्षामन्त्री हेगसेथले यस्तो बताएका हुन् ।

उनले क्षेत्रीय शक्ति सन्तुलनलाई कायम राख्न पनि आवश्यक रहेको टिप्पणी गरे । भेटवार्तामा रक्षामन्त्री हेगसेथले दक्षिण चीन सागरको विवादित क्षेत्रमा चिनियाँ गतिविधिप्रति अमेरिका चिन्तित रहेको बताएका थिए ।

उनले अमेरिकाले द्वन्द्व नचाहने पनि स्पष्ट पारे । जवाफमा चिनियाँ रक्षामन्त्री डोङले अमेरिकालाई बचन र व्यवहारमा सावधानी अपनाउन आग्रह गरेको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ ।

खासगरी ताइवानका विषयमा अमेरिकाले यस्तो सावधानी अपनाउनुपर्ने मन्त्रीको भनाइ छ । उनले अमेरिकालाई ताइवानको स्वतन्त्रताविरुद्ध स्पष्ट अडान लिन पनि हेगसेथलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ३३ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल