आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर ९ तारिख । पुस कृष्ण पक्षको पञ्चमी तिथी । आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष  : समय सामान्य छ । सञ्चित धन खर्च हुने जोखिम बढ्नेछ । लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक रोजगारीमा उन्नति हुनेछ । परिवारभित्र खटपटी बढ्ने जोखिम हुनसक्छ ।

वृष  : दैनिकी राम्रो छ । भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ । प्रयास गरेको क्षेत्रबाट प्रतिफल राम्रो प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन  : समय राम्रो छ । आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा भने मिहिनेत गर्नुपर्ने छ ।

कर्कट  : दिन राम्रो छ । धार्मिक यात्रा हुनेछ । साथीसँगको भेट रमाइलो हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ । स्वास्थ्यमा समस्या भए सुधार हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह  : समय सामान्य छ । स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्ने देखिन्छ । न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुखमय रहनेछ ।

कन्या  : आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ ।

तुला  : दिन राम्रो छ । शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ । परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा सचेत हुनुपर्ने दिन छ ।

वृश्चिक  : दैनिकी राम्रो छ । आर्थिक क्षेत्रमा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ । गुमेको धन हात लाग्ने योग छ । शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध राम्रो रहने छ ।

धनु  : पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ । शिक्षा क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध राम्रो छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर  : दैनिकी राम्रो छ । आर्थिक अवस्था सुधार हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ।

कुम्भ  : बोलीमा नम्रता आवश्यक छ । व्यापारबाट आर्थिक लाभ हुनेछ । समाजले सम्मान गर्ने योग छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ ।

मीन  : शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ । अनावश्यक खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ । सापटी नदिनु उचित हुन्छ । परिवारभित्र विवाद बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : ११ बजे

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी