तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने « Khabarhub

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । यसका लागि म्याग्दे गाउँपालिकाले पोखरास्थित हिमालय आँखा अस्पताल घारीपाटन पोखरासँग सम्झौता गरेको छ ।

यस भेगका सर्वसाधारणलाई सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित हिमालय आँखा अस्पतालसँग सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङबीच आगामी पुस ३ गतेबाट निरन्तर रुपमा उपचार केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता बमोजिम दैनिक रुपमा नेत्र प्राविधिकबाट आँखा उपचार सेवा प्रदान गरिने छ । आँखा उपचार सेवाले यस भेगका सर्वसाधारणलाई आँखा परीक्षणका लागि दमौली, खैरेनीटार जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

आँखा उपचार केन्द्र सञ्चालनका लागि प्राविधिक र उपकरण हिमालय आँखा अस्पतालले र उपचार केन्द्र र सहयोगी म्याग्दे गाउँपालिकाले उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार आँखा परीक्षण सेवाका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताललाई वार्षिक छ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने बिरामीहरुबाट सङ्कलित रकम गाउँपालिकाको आम्दानी हुनेछ ।

आँखा उपचार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रुपमा सञ्चालन गर्नका लागि आँखा उपचार केन्द्र सहयोग समिति गठन गरिनेछ । उक्त सहयोग समितिको संयोजकमा थर्पु आधारभुत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनेछन् भने सह–संयोजकमा अध्यक्षले तोकेको एक जना समाजसेवी हुनेछन् ।

त्यस्तै सदस्यहरुमा म्याग्दे गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष, वडा नम्बर ७ का अध्यक्ष, हिमालय आँखा अस्पतालका व्यवस्थापक तथा व्यवस्थापकले तोकेको एक जना व्यक्ति, म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र सदस्य सचिवमा थर्पु अस्पतालका प्रमुख रहनेछन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ३० बजे

प्रधानमन्त्री कप : सुदूरपश्चिम १२ रनले विजयी

वीरगञ्ज (पर्सा)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको

राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न ध्यान दिऊँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार भन्सार विभागको अनुगमन तथा

तीन वर्षपछि आकाशले पाए फिल्म, ‘आबाट आमा २’ साइन गरे

काठमाडौं – पछिल्लो तीन वर्षदेखि फिल्मको काम नपाएका नायक आकाश

अनमोलको जन्मदिन पारेर ‘बाटुलो जून’ प्रदर्शन मिति घोषणा, दशैँमा हालमा लाग्ने

काठमाडौं – नायक अनमोल केसीको जन्म दिन पारेर उनी शीर्ष

बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न ‘डब्लुएफपी’लाई आग्रह

कर्णाली- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा बालबालिका