प्राकृतिक शीतभण्डारमा किबी « Khabarhub

प्राकृतिक शीतभण्डारमा किबी


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन् ।

उत्पादनको याममा सकिएपछि बजारमा पुर्‍याउँदा प्राकृतिक शीतभण्डारमा राखिएको किबीको मूल्य तेब्बर बढी हुने र स्वाद उस्तै रहने गरेको छ । किबीको व्यावसायिक खेतीको शीप सिक्न २०७६ सालमा इलाम पुगेका राईले प्राकृतिक शीतभण्डारमा किबी राख्न सकिने थाहा पाएका थिए । चार वर्षअघि शीतभण्डार निर्माण गरेपछि राईले चार महिनादेखि ६ महिनासम्म किबी भण्डारण गरी बजारमा लैजाने गरेका छन् ।

‘मेरो अनुभवमा जमिनअनुसार शीतभण्डार बनाउन सकिन्छ । मौसमका कारण कतिपय ठाउँमा यहाँ जसरी नटिक्न सक्छ’, उनले भने, ‘मेरो जग्गा आफैँमा चिसो ठाउँमा छ । यहाँ प्रत्यक्ष घामले नभेट्ने हुँदा शीतभण्डारले काम दिएको छ । मेरो जग्गा त उत्तम छ जस्तो लाग्छ ।’

प्राकृतिक शीतभण्डार जमिनमा खाडल खनेर काठ विच्छ्याइ बनाइएको छ । जहाँ क्यारेटमा किबी राखिन्छ भने पानीबाट जोगाउन त्रिपालले ढाकिएको छ । राईका अनुसार मङ्सिरमा भण्डारण गरिएको किबी वैशाख–जेठसम्म उस्तै रहन्छ ।

राईको प्राकृतिक शीतभण्डारमा ६० क्यारेटसम्म किबी अट्छ । ‘भविश्यमा प्राकृतिक शीतभण्डार नै ठूलो र एकदमै आकर्षक बनाउने मेरो सपना छ’, उनले भने, ‘शीतभण्डारमा विद्युत् प्रवाह अनियमित हुने हुँदा बिग्रन सक्ने भए पनि यहाँ प्राकृतिक चिसोका कारण कुनै समस्या आएको छैन ।’

उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा किसानको विजोक हुने गरेको भए पनि आफूलाई प्राकृतिक शीतभण्डारले राहत दिएको किसान राईले बताए । फागुनभन्दा पछाडि राम्रो मूल्य पाउने भएपछि शीतभण्डारमा राखिएको किबी बिक्री गर्ने गरेको उनको भनाइ छ ।

शीतभण्डार नरहेका स्थानका कृषकहरुले हावापानीलाई विचार गरेर प्राकृतिक शीतभण्डार निर्माण गरेर परीक्षण गर्नुपर्ने उनको सुझाव छ । उत्पादनको सिजन सकिएपछि किबी बजारमा पुर्‍याउँदा मूल्यमा तेब्बर बढीसम्म अन्तर पर्छ । ‘यस वर्ष किबी फालाफाल छ । मैले शीतभण्डारमा नअट्ने किबी सुरुमै बिक्री गरेँ । बाँकी रहेको किबी शील भण्डारमा राख्दै छु’, राईले भने, ‘अहिले प्रतिकिलो ६० रुपैयाँ मूल्य पाउने ‘बी’ ग्रेडको किबी चैत महिनाभन्दा पछाडि प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री हुन्छ ।’ प्रतिकिलो १०० रुपैयाँसम्म बढी मूल्य पाउँदा प्राकृतिक शीतभण्डार राईका लागि बरदान बनेको छ ।

प्राकृतिक शीतभण्डारमा मुसाले दुःख दिने गरेको उनको भनाइ छ । मुसाले खाएपछि किबी पाक्ने र गन्हाउने समस्या हुने गरेको छ ।

जिल्लामा उत्पादन हुने वस्तु भण्डारणका लागि शीतभण्डार निर्माण हुन नसक्दा कृषकहरुले उत्पादन लगत्तै सस्तो मूल्यमा सामग्री बिक्री गर्नुपर्ने बाध्यता झेल्दै आएका छन् ।

राईले करिब १५ रोपनी क्षेत्रफलमा २०० बोट किबी लगाएका छन् । जसमध्ये करिब ४० बोटले उत्पादन दिइरहेका छन् भने बाँकी नयाँ बिरुवा छन् । किबीबाट बर्सेनि दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका राईले आगामी वर्षमा किबीबाट थप आम्दानी हुने अपेक्षा राखेका छन् ।

राईले हेवार्ड जातिको किबी धेरै रोपेका छन् । उक्त जातिको किबीको बिरुवा धेरै समय टिक्ने गर्दछ । पूर्वी नेपालमा किबी रोपण सुरु भएपछि सुरुमा राम्रो मूल्य थियो । आकर्षक मूल्यकै कारण धेरै कृषकहरुले किबी रोपेपछि उत्पादनमा वृद्धि हुँदा मूल्य बर्सेनि घट्दै गएको छ । यद्यपि परम्परागत बालीभन्दा किबीबाट धेरै आम्दानी भने हुने गरेको राईको भनाइ छ । (रासस)

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ०५ बजे

यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)

पोखरा– पत्रपत्रिका पढेपछि सामान्यतयाः हामी त्यसको पुनः प्रयोग गर्दैनौँ ।

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

कालिकोट– श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा

सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

हुलाकी राजमार्ग : रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको

कर्णाली सरकारलाई व्यवसायीको ११ बुँदे ध्यानाकर्षण पत्र 

कर्णाली– संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना