धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक « Khabarhub

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको छ । विद्यालयस्तरीय साना खेल होस वा यहाँ आयोजना हुने ठूला राशिका खेल हुन् सबै यही मैदानमा हुन्छ । 

हालै बागलुङ नगरपालिकाको तेस्रो मेयरकप प्रतियागिता यही मैदानमा भयो । तत्कालै बागलुङ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डसम्म यही खेल मैदान आयोजना गर्न थालिएको छ । 

यसपटक गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका केही खेल यही खेल मैदानमा हुने तयारी छ । तर यसरी उत्साह पूर्णरुपमा प्रतियोगिता आयोजना भइरहेको मैदान भने खेलाडी र दर्शकमैत्री छैन । बर्खामा हिलाम्मे खेलमैदान हिउँदमा धुलाम्मे हुन्छ । न हरियाली छ न व्यवस्थित प्याराफिट । खेलाडी धुलोमै खेल्छन्, दर्शक धुरोमै बसेर हेर्न बाध्य भएका छन् । 

खेल अगाडि छर्केको पानी क्षणभरमै सुक्ने गरेको छ भने धुलो उडेर खेल प्रभावित हुने गरेको खेलाडीको गुनासो छ । जिल्लाकै ठूलो खेलमैदानका रुपमा रहेको बाङ्गेचौर खेलमैदान पूर्वाधारको अभावका बीच खेल सञ्चालन गर्न बाध्य रहँदै आएको छ । 

बागलुङ नगरपालिकाले रु तीन लाख ३३ हजार पुरस्कार राशिको तेस्रो मेयरकप मङ्सिर १४ देखि १८ गतेसम्म सम्पन्न भएको थियो । 

सयौँ दर्शकको बीचमा सञ्चालनमा आएको खेलमा खेलाडीको उत्साह र दर्शकको हौसलामा कमी नभएको मेयरकपमा दर्शकहरु मैदानको भित्ता, रुख र चौतारीमा बसेर  हेर्न बाध्य भएका थिए । 

लेबल नमिलेको मैदानमा धुलो उडेका कारण खेलाडीलाई खेल खेल्न सास्ती भए पनि सबै कुरा बिर्सेर खेलाडी गोल गर्न मात्रै केन्द्रित हुने मेयर कपको उपाधि चुमेका कप्तान निसान थापा बताउँछन् । 

‘खेलाडीका लागि समथर हरियाली मैदान भए कति सहज हुन्थ्यो, मैदानमा धुलोको हुँदैन गोल गर्न हाम्रो ध्यान केन्द्रित हुन्छ, तर खेल सकिएपछि धुलोका कारण श्वासप्रश्वासमा समस्या देखिने, आँखा पोल्ने हुन्छ’, थापाले भने, ‘दर्शक धुलोमै बसेर खेल हेरेका हुन्छन्, दमकलको पानीले धुलो मारे पनि केही छिनमै धुलो उडिहाल्छ, भनेको ठाउँमा बल नजाँदा कतिपय गोल गर्न नसकिएको उदाहरण छ, कम्तीमा मैदान समथर र हरियाली मात्रै भए खेलाडीलाई ठूलो राहत हुन्थ्यो ।’

 बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना ‘डिपिआर’मै थन्किएको छ । थापाले खेलमैदानमा पानी नहाली खेल्ने हो भने धुलोले खेलाडी नै नचिनिने अवस्था रहेको सुनाए  । 

खेलमैदानमा खानेपानी, शौचालय र पोसाक परिवर्तन गर्ने कोठा छैन । बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बाङ्गेचौर खेलमैदान जिल्लाकै गहना भएको बताउँदै बाङ्गेचौरको स्तरोन्नतिका सपना अझै पूरा गर्न नसकिएको बताए । 

उनले खेलमैदान सामुदायिक वनसँग जोडिएकाले पूर्वाधार निर्माण गर्न समस्या भएको बताए । यसअघि रङ्गाशाला बनाउन सङ्घीय सरकारबाट आएको रु आठ करोड बजेट रुख काट्न नसक्दा फिर्ता भएको उनको भनाइ छ । 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : २० बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय