युरोपेली सँघका नेताहरूद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको लागि आह्वान « Khabarhub

युरोपेली सँघका नेताहरूद्वारा युक्रेनमा न्यायपूर्ण शान्ति र कडा सुरक्षा ग्यारेन्टीको लागि आह्वान


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस–युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग लन्डनमा वार्ता गरेका छन् ।
   
बेलायतको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा चार नेताहरूले युरोपेली सुरक्षाका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ताको महत्वबारे छलफल गरी अहिलेसम्मको प्रगतिमा आफ्नो समर्थन व्यक्त गरेको जनाइएको छ । 

यसै विच उनीहरूले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूलाई आगामी दिनमा यस विषयमा निरन्तर छलफल गर्ने जिम्मा दिएको जनाइएको छ ।
  
उनीहरूले युक्रेनमा कडा सुरक्षा ग्यारेन्टीसहित न्यायपूर्ण र स्थायी शान्तिको आवश्यकतामा पनि जोड दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कूटनीतिक प्रयासहरू जारी रहँदा, युरोप युक्रेनको साथमा खडा हुनुपर्ने जनाउदै उनीहरुले यसले युक्रेनको रूसी आक्रमणहरू विरुद्ध रक्षा गर्ने क्षमतालाई बलियो हुने विषयमा उनीहरू सहमत भएका छन् । 

यसै सन्दर्भमा  उनीहरूले युक्रेनको पुनः र्निर्माणलाई समर्थन गर्न नियन्त्रमामा लिएको रूसी सार्वभौम सम्पत्तिहरू प्रयोग गर्ने बारे पनि छलफल गरेको जनाइएको छ ।  रासस

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : २८ बजे

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सतर्कता

नेपालगञ्ज– खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि

जापानस्थित नेपाली राजदूतावासले नागोयामा वृहत घुम्ती शिविर सञ्चालन गर्दै

काठमाडौं– जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल