भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले भेटे प्रधानमन्त्री कार्कीलाई « Khabarhub

भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले भेटे प्रधानमन्त्री कार्कीलाई


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

सिंहदरबारमा मंगलबार दिउँसो भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ ।

नेपालमा आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । भारतले नेपालको निर्वाचनमा सहयोग गर्ने घोषणा गरिसकेको छ ।

यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट्दै भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका हुन् ।
 
भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए  ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  २ : १४ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै