काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।
सिंहदरबारमा मंगलबार दिउँसो भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ ।
नेपालमा आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । भारतले नेपालको निर्वाचनमा सहयोग गर्ने घोषणा गरिसकेको छ ।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट्दै भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका हुन् ।
भेटमा भारतीय अतिरिक्त सचिवले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विपद्बाट क्षति भएका संरचनाको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिए ।













प्रतिक्रिया