एमाले नेतृहरूको आरोप : ओलीले पार्टीमा राजनीतिक महिला हिंसा गरे « Khabarhub

एमाले नेतृहरूको आरोप : ओलीले पार्टीमा राजनीतिक महिला हिंसा गरे


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक महिला हिंसा गरेको बताएकी छन् ।

एघारौँ महाधिवेशन नजिकिँदै गर्दा मंगलबार आयोजित अन्तरसंवाद बोल्दै उपाध्यक्ष शाक्यले ओलीमाथि कडा आरोप लगाएकी हुन् ।

उपाध्यक्ष शाक्यले अध्यक्ष ओलीका कामबारे प्रश्न गर्नै नहुने प्रवृत्तिलाई गलत भनेकी छन् । ‘अध्यक्ष ओली आमाको कोखबाट जन्मेको हुन् कि होइनन् ?’, उनले अगाडि भनिन् ।

उनले देशभरका एमाले कार्यकर्ता अध्यक्ष ओलीका नभएर पार्टीका भएको पनि टिप्पणी गरिन् । त्यसैगरी अर्की नेतृ डा. बिन्दा पाण्डेले पुरुषले मात्रै दिने चलन हटाउँदै अब महिलाले पनि दिने चलन चाहिने बताइन् ।

उनले काठमाडौंमा भएको नवौँ महाधिवेशनमा पारित महिला हिंसासम्बन्धी प्रस्ताव कार्यान्वयन नभएको बताइन्। त्यसलाई ११औँ महाधिवेशनमा एजेन्डा बनाएर बहस गराउनुपर्ने बताइन् ।

अन्य नेतृहरूले एमाले बढेको राजनीतिक महिला हिंसा उन्मुलनका लागि सबैको साथ चाहिने पनि बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ३ : ३६ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी