विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने « Khabarhub

विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको पहलो क्वालिफायरमा मंगलबार विराटनगर किङ्ग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा विराटनगरले टस जितेको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुई टोली क्वालिफायरमा पुगेका हुन् ।

अङ्क तालिकामा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो । विराटनगर चाहिँ दोस्रो स्थान रहेर क्वालिफायर पुगेको हो ।

लिग चरणमा ७ खेल खेलेको सुदूरपश्चिमले ६ मा जित हासिल गर्दै १२ अङ्क प्राप्त गरेको थियो । सुदूरपश्चिमले लिग चरणमा सबै टोलीसँग जित हासिले गरेपनि विराटनगरसँग पराजित भएको थियो ।

अर्कोतर्फ विराटनगरले लिग चरणमा ७ मध्ये ५ मा जित र दुईमा हार व्यहोरेको थियो । विराटनगरले लिग चरणमा चितवन राइनोज र लुम्बिनी लायन्ससँग पराजय व्यहोरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ३ : ४४ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल