विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने « Khabarhub

विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको पहलो क्वालिफायरमा मंगलबार विराटनगर किङ्ग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा विराटनगरले टस जितेको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुई टोली क्वालिफायरमा पुगेका हुन् ।

अङ्क तालिकामा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो । विराटनगर चाहिँ दोस्रो स्थान रहेर क्वालिफायर पुगेको हो ।

लिग चरणमा ७ खेल खेलेको सुदूरपश्चिमले ६ मा जित हासिल गर्दै १२ अङ्क प्राप्त गरेको थियो । सुदूरपश्चिमले लिग चरणमा सबै टोलीसँग जित हासिले गरेपनि विराटनगरसँग पराजित भएको थियो ।

अर्कोतर्फ विराटनगरले लिग चरणमा ७ मध्ये ५ मा जित र दुईमा हार व्यहोरेको थियो । विराटनगरले लिग चरणमा चितवन राइनोज र लुम्बिनी लायन्ससँग पराजय व्यहोरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ३ : ४४ बजे

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय