मोरङको चिसाङ घाटमा अंशु गौतमको दाहासंस्कार « Khabarhub

मोरङको चिसाङ घाटमा अंशु गौतमको दाहासंस्कार


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

मोरङ- जिल्लाको लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार गरिएको छ । उनलाई मंगलबार दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।

छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम बिदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागी भए ।

उनलाई परिवारजनका सदस्यले दागबत्ती दिए । अंशुको अन्तिम बिदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्ष लगायत जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सर्वसाधारण सहभागी भए ।

मंगलबार बिहानैदेखि अन्तिम दिनेहरूको भीड देखिन्थ्यो । असोज २३ गतेदेखि हराएकी अंशुको शव १८ दिनपछि जंगलमा विभत्स अवस्थामा भेटिएको थियो ।

लामो अनुसन्धानपछि प्रहरीले अंशुको छिमेकीले बलात्कारपछि हत्या गरेको पत्ता लगाएको थियो । उक्त घटनामा संलग्न ५९ वर्षीय पदमबहादुर अधिकारीलाई गत शुक्रबार पक्राउ गरिएको छ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेसम्म परिवारजनले शव बुझेका थिएनन् । उक्त घटनामा संलग्नलाई पक्राउ गरेपछि शव बुझेर दाहासंस्कार गरिएको हो।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : ०३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी