जकार्ताको ड्रोन कम्पनीमा आगलागी, १८ जनाको मृत्यु « Khabarhub

जकार्ताको ड्रोन कम्पनीमा आगलागी, १८ जनाको मृत्यु


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी ‘टेरा ड्रोन’को कार्यालय भवनमा मंगलबार आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । 

एएफपी समाचार एजेन्सिले ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागीमा हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै जनाएको छ । अहिले सम्म पुरुष र १५ जना महिला गरी २० जना पीडितलाई उद्धार गरिएको छ ।  

भवनमा लागेको आगो द्रुत गतिमा फैलिए पछि सबै १८ जना पीडितहरू  भवन भित्र फसेर मृत फेला परेका जनाइएको छ । गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा लगिएको थियो ।

सहरका अग्निशामक टोलीहरूले विषेश निगरानीका साथ भवनमा खोजी कार्य जारी राखेको जनाइएको छ । उद्धारकर्मीहरूले आगलागी पछि भवनको माथिल्लो तलामा फसेका जीवित मानिसहरूलाई सिँढीको माध्यमबाट उद्धार गरिएको जनाइएको छ भने आगो नियन्त्रणमा ल्याउन दर्जनौँ कर्मचारी र फायर इन्जिनहरू तैनाथ गरिएको थियो ।

थप पीडितहरू अझै पनि भवन भित्र रहेको आशंका गरिएको स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले मृतकको सङ्ख्या पुष्टि गर्न तथा आगलागीको कारण निर्धारण गर्न खोज र उद्धार कार्य जारी  राखेको जनाइएको छ । 

आगलागी हुँदा भवन भित्र कति जना थिए भन्ने विवरण अधिकारीहरूले अझै दिएका छैनन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : ५८ बजे

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

बर्ड फ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सतर्कता

नेपालगञ्ज– खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि

जापानस्थित नेपाली राजदूतावासले नागोयामा वृहत घुम्ती शिविर सञ्चालन गर्दै

काठमाडौं– जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल