एजेन्सी– इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी ‘टेरा ड्रोन’को कार्यालय भवनमा मंगलबार आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् ।
एएफपी समाचार एजेन्सिले ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागीमा हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै जनाएको छ । अहिले सम्म पुरुष र १५ जना महिला गरी २० जना पीडितलाई उद्धार गरिएको छ ।
भवनमा लागेको आगो द्रुत गतिमा फैलिए पछि सबै १८ जना पीडितहरू भवन भित्र फसेर मृत फेला परेका जनाइएको छ । गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा लगिएको थियो ।
सहरका अग्निशामक टोलीहरूले विषेश निगरानीका साथ भवनमा खोजी कार्य जारी राखेको जनाइएको छ । उद्धारकर्मीहरूले आगलागी पछि भवनको माथिल्लो तलामा फसेका जीवित मानिसहरूलाई सिँढीको माध्यमबाट उद्धार गरिएको जनाइएको छ भने आगो नियन्त्रणमा ल्याउन दर्जनौँ कर्मचारी र फायर इन्जिनहरू तैनाथ गरिएको थियो ।
थप पीडितहरू अझै पनि भवन भित्र रहेको आशंका गरिएको स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले मृतकको सङ्ख्या पुष्टि गर्न तथा आगलागीको कारण निर्धारण गर्न खोज र उद्धार कार्य जारी राखेको जनाइएको छ ।
आगलागी हुँदा भवन भित्र कति जना थिए भन्ने विवरण अधिकारीहरूले अझै दिएका छैनन् ।












प्रतिक्रिया