विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य « Khabarhub

विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा ओपनर विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सले १५२ रनको लक्ष्य पाएको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

सुदूरपश्चिमका ओपनर विनोद ५२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६३ रन प्रहार गरे । उनी १८ ओभेरको अन्तिम बल सामना गर्ने क्रममा विराटनगरका प्रतिस जीसीको बलमा साम हिजलेटमार्फत् क्याच आउट भएका हुन् । विनोदको ब्याटिङले नै सुदूरपश्चिमको इनिङ उकासिएको हो । 

सुदूरपश्चिबाट दोस्रो सर्वाधिक २० रन बनाउने शेल्डन ज्याक्सन र आरिफ शेख हुन् । डेब्यू खेलमा भरोस गरिएका ज्याक्सनले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा उक्त रन जोडेका हुन् ।

यस खेलबाट डेब्यू गरेका ओपनर मुख्तार अहमदको ब्याटिङ पनि चलेन । उनी १० बल सामना गरेर १० रन मात्रै जोडेर आउट भए । 

इशान पाण्डेले १३ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीको ब्याटिङ पनि चलेन । उनी ३ बलमा ३ रन बनाएर रन आउट भए । हर्मितले १४ रन जोडे ।

 बलिङतर्फ विराटनगरका मर्चेन्ट डी ल्याङ्गले र प्रतीस जीसीले समान २–२ विकेट लिए । मर्चेन्टले ओपनर मुख्तार अहमद र आरिफ शेखको महत्त्वपूर्ण विकेट लिए । प्रतीसले बिनोद भण्डारी र हर्मित सिंहको विकेट लिए । 

१ विकेट लिएका सूर्य तामाङले शेल्डन ज्याक्सनको महत्त्वपूर्ण विकेट लिए । साम हिजलेटले १ विकेट लिए ।

विकेटविहीन रहेका विराटनगरका कप्तान सन्दीपले किफयाती बलिङ गरे । उनले चार ओभरमा मात्र १६ रन दिए । १ ओभर बलिङ गर्दा १ विकेट लिएका सूर्यले खर्चिलो बलर बने । उनले १६ रन खर्चिए ।

२ विकेट लिए पनि प्रतीस जीसी दोस्रो खर्चिला बलर हुन् । उनले ३ ओभर बलिङ गर्दा ३१ रन खर्चिए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : ३९ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई