विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य « Khabarhub

विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा ओपनर विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सले १५२ रनको लक्ष्य पाएको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

सुदूरपश्चिमका ओपनर विनोद ५२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६३ रन प्रहार गरे । उनी १८ ओभेरको अन्तिम बल सामना गर्ने क्रममा विराटनगरका प्रतिस जीसीको बलमा साम हिजलेटमार्फत् क्याच आउट भएका हुन् । विनोदको ब्याटिङले नै सुदूरपश्चिमको इनिङ उकासिएको हो । 

सुदूरपश्चिबाट दोस्रो सर्वाधिक २० रन बनाउने शेल्डन ज्याक्सन र आरिफ शेख हुन् । डेब्यू खेलमा भरोस गरिएका ज्याक्सनले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा उक्त रन जोडेका हुन् ।

यस खेलबाट डेब्यू गरेका ओपनर मुख्तार अहमदको ब्याटिङ पनि चलेन । उनी १० बल सामना गरेर १० रन मात्रै जोडेर आउट भए । 

इशान पाण्डेले १३ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीको ब्याटिङ पनि चलेन । उनी ३ बलमा ३ रन बनाएर रन आउट भए । हर्मितले १४ रन जोडे ।

 बलिङतर्फ विराटनगरका मर्चेन्ट डी ल्याङ्गले र प्रतीस जीसीले समान २–२ विकेट लिए । मर्चेन्टले ओपनर मुख्तार अहमद र आरिफ शेखको महत्त्वपूर्ण विकेट लिए । प्रतीसले बिनोद भण्डारी र हर्मित सिंहको विकेट लिए । 

१ विकेट लिएका सूर्य तामाङले शेल्डन ज्याक्सनको महत्त्वपूर्ण विकेट लिए । साम हिजलेटले १ विकेट लिए ।

विकेटविहीन रहेका विराटनगरका कप्तान सन्दीपले किफयाती बलिङ गरे । उनले चार ओभरमा मात्र १६ रन दिए । १ ओभर बलिङ गर्दा १ विकेट लिएका सूर्यले खर्चिलो बलर बने । उनले १६ रन खर्चिए ।

२ विकेट लिए पनि प्रतीस जीसी दोस्रो खर्चिला बलर हुन् । उनले ३ ओभर बलिङ गर्दा ३१ रन खर्चिए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : ३९ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री