स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु « Khabarhub

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंहदरबारबाट सेवा प्रवाह भएको जानकारी दिए । 

उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ । सिंहदरबारस्थित  नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयका लागि छ वटा ‘प्रिफ्याव ब्लक’ बनाइदिएको छ । 

‘मन्त्रालयका सबै शाखा सर्न अझै एक महिना लाग्छ,” उनले भने, “तत्कालका लागि मन्त्री र दुई सचिव र दुई महाशाखाको काम सिंहदरबारबाट सुरु गरिएको हो ।’

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका कारण रामशाहपथस्थित मन्त्रालयमा आगजनी भएपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयबाट मन्त्रालयले सेवा दिइरहेको थियो ।
 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : ३३ बजे

कामपाद्वारा महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क

नयाँ सरकार पनि पुरानै बाटोमा : थप पाँच देशमा श्रमिक युवा पठाउन श्रम सम्झौता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि वैदेशिक रोजगारीमा जानु नपर्ने

सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह

काठमाडौं– बालेन्द्र शाहले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध छलफल सुरु गरेका

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं– देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको