अष्टलक्ष्मीले भनिन्- पार्टीलाई अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य   « Khabarhub

अष्टलक्ष्मीले भनिन्- पार्टीलाई अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य  


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएकी छन् । 

एमाले महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष शाक्यले पार्टीको वर्तमान नेतृत्वका कारण कम्युनिष्ट आन्दोलनका साथै पार्टीको बिचार कमजोर हुँदै गएको भन्दै अव पार्टीलाई सशक्त रुपमा अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएकी हुन् ।

नेतृत्वमा बसेकाले आफ्नो व्यवहार र शैलीमा रूपान्तरण गर्नुपर्नेमा अहिलेसम्म त्यस्तो अनुभव गर्न नपाएको उनले बताइन् । 

उनले अहिलेको नेतृत्वसँग परिवर्तनको सोच नै नभएकाले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि लैजान नसक्ने भएकाले महाधिवेशनमार्फत ईश्वर पोखरेलको नेतृत्वमा पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउनुपर्ने धारणा राखिन्  । 

विचारका हिसाबले, व्यवहारिक हिसाबले अब ईश्वर पोखरेललाई नै अघि सार्नुको विकल्प नभएको उनको भनाइ छ । 

त्यस्तै शाक्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केपी ओलीले गरेको टिप्पणी आपत्तिजनक भएको बताइन्  । 

एउटा पूर्व राष्ट्रपतिलाई धामी, झाँक्री भन्दै अपमान गरेको भन्दै उनले महिलालाई सम्मान गर्न नसक्ने नेतृत्व पार्टीलाई आवश्यक नरहेको जिकिर गरिन् ।

त्यस्तै एमाले नेतृहरू बिन्दा पाण्डे, उषाकिरण तिम्सेना, शर्मिला कार्की लगायतले पार्टीमा सम्मानजनक रुपमा नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै सहमति नभए लोकतान्त्रिक पद्धति अनुसार नेतृत्व चयन गर्नुपर्ने जनाएका थिए । 

साथै उनीहरूले महाधिवेशनका लागि प्रतिनिधि चयन भइसकेको अवस्थामा विधान संशोधन हुनै नसक्नले समेत धारणा राखेका थिए । 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : १९ बजे

कामपाद्वारा महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क

नयाँ सरकार पनि पुरानै बाटोमा : थप पाँच देशमा श्रमिक युवा पठाउन श्रम सम्झौता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि वैदेशिक रोजगारीमा जानु नपर्ने

सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह

काठमाडौं– बालेन्द्र शाहले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध छलफल सुरु गरेका

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं– देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको