विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइनलमा « Khabarhub

विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइनलमा


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर बोल्ट्सविरुद्ध सहज जित निकाल्दै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४ ओभर १ बलमा ७८ रनमै सीमित भयो । सुदूरपश्चिले ७७ रनको सहज जित निकाल्यो ।

विराटनगरले बनाएको ७८ रन सिजनकै सबैभन्दा कमजोर हो । यसअघि लिग चरणको १५ औं खेलमा काठमाडौं गोर्खाजले लिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ८९ रन बनाएको थियो ।

विराटनगरले लिग चरणमा सुदूरपश्चिमलाई जितेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । सुदूरपश्चिमले उक्त हारको बदला लिएको छ ।

विराटनगरले अब इलिमिनेटरमा काठमाडौं गोर्खाजका र लुम्बिनी लायन्सबीचको खेलको विजेतासँग दोस्रो क्वालिफयरमा प्रतिस्पर्धा गर्न पाउनेछ । सो खेल जितेमा फाइनलमा फेरि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्न पाउनेछ । अर्थात्, विराटनगरको फाइनल खेल्न सम्भावना कायमै छ ।

यस जितको निर्णायक सुदूरपश्चिमका ओपनर ब्याटर बिनोद भण्डारी बने । उनले ५२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६३ रन जोड्दै इनिङ उकासेका थिए । उनले १८ ओभरको अन्तिम बलसम्म क्रिजमा टिके ।

उनलै ब्याटिङ उकास्दा सुदूरपश्चिम ७ विकेटको क्षतिमा १५५ रनको अवस्थामा पुगेको थियो । यसका लागि शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडे । हर्मितले १४ रन ओपनर मुख्तार अहमदले १० रन जोडे ।

जवाफी ब्याटिङमा उत्रिको विराटनगरका ओपनर साम हिजलेट गोल्डेन डक आउट भए । अर्का खेलाडी नरेन भट्ट डक आउट भए ।

पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका मार्टिन गुप्टिल पनि सस्तैमा आउट भए । ३ बलमा ३ रन बनाएर उनी रन आउट भए ।

विराटनगरका फाप डुप्लेसीले सर्वाधिक ३६ रन बनाए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । बसिर अहमदले १२ र मर्चेन्टडी ल्याङ्गेले १५ रन जोडे । अन्य ब्याटरहरुले दोहोरो रन बनाउन सकेनन् ।

पहिलो ओभरमा २ विकेट गुमाएको विराटनगरले पछिसम्मै ब्याटिङमा लय समात्न सकेन ।

 बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइजन, हर्मित सिंह र अभिनाश बोहोराले समान २–२ विकेट लिए । हेमन्त धामीले र कप्तान दीपेन्द्रसिंह ऐरीले सामान १–१ विकेट लिए । विराटनगरका मार्टिन गुप्टिल र प्रतीस जीसी रन आउट भएका हुन् । 

कुगेलेइजनले विराटनगरका ओपनर साम हिजलेटको महत्त्वपूर्ण विकेट लिए । हेमन्त धामीले अर्का ओपनर तथा सर्वाधिक रन बनाउने डुप्लेसीको विकेट लिए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : ११ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य