धराशायी विराटनगरको इनिङलाई जोगाउने फाफ डु प्लेसीको प्रयास जारी « Khabarhub

धराशायी विराटनगरको इनिङलाई जोगाउने फाफ डु प्लेसीको प्रयास जारी


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै अहिले विराटनगर किङ्ग्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा एकपछि अर्को विकेट गुमाउँदै गएको विराटनगरको इनिङ धराशायी भएको छ । हालसम्म विराटनगरले ६ विकेट गुमाइसकेको छ । विराटनगरका सबै खेलाडी सस्तैमा समेटिएका छन् ।

ओपनर साम हेज्लेट इनिङगको पहिलो बलमै आउट भए । त्यसयता, अर्का ओपनर फाफ डु प्लेसीबाहेक कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेका छैनन् । फाफ डु प्लेसीले विराटनगरको इनिङलाई जोगाउने प्रयत्न गरिरहेका छन् ।

इनिङको आधा खेल सकिँदा अहिले विराटनगर ६ विकेट गुमाएर ५७ रन बनाएको छ । क्रिजमा अहिले प्रतिश जीसी र फाफ डु प्लेसी छन् ।

विराटनगरका मार्टिन गप्टिल दुई बलमा दुई रन बनाएर आउट भए भने नरेन भट्ट पनि शून्य रनमा आउट भए । बसिर अहमद पनि १८ बलमा १२ रन बनाएर आउट भए । विकेटकिपर ब्याटर लोकेश बम ६ बलमा ५ रन बनाएर आउट भए ।

यसअघि विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ४८ बजे

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै