धराशायी विराटनगरको इनिङलाई जोगाउने फाफ डु प्लेसीको प्रयास जारी « Khabarhub

धराशायी विराटनगरको इनिङलाई जोगाउने फाफ डु प्लेसीको प्रयास जारी


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै अहिले विराटनगर किङ्ग्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा एकपछि अर्को विकेट गुमाउँदै गएको विराटनगरको इनिङ धराशायी भएको छ । हालसम्म विराटनगरले ६ विकेट गुमाइसकेको छ । विराटनगरका सबै खेलाडी सस्तैमा समेटिएका छन् ।

ओपनर साम हेज्लेट इनिङगको पहिलो बलमै आउट भए । त्यसयता, अर्का ओपनर फाफ डु प्लेसीबाहेक कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेका छैनन् । फाफ डु प्लेसीले विराटनगरको इनिङलाई जोगाउने प्रयत्न गरिरहेका छन् ।

इनिङको आधा खेल सकिँदा अहिले विराटनगर ६ विकेट गुमाएर ५७ रन बनाएको छ । क्रिजमा अहिले प्रतिश जीसी र फाफ डु प्लेसी छन् ।

विराटनगरका मार्टिन गप्टिल दुई बलमा दुई रन बनाएर आउट भए भने नरेन भट्ट पनि शून्य रनमा आउट भए । बसिर अहमद पनि १८ बलमा १२ रन बनाएर आउट भए । विकेटकिपर ब्याटर लोकेश बम ६ बलमा ५ रन बनाएर आउट भए ।

यसअघि विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ४८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग