सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा « Khabarhub

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै अहिले विराटनगर किङ्ग्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा एकपछि अर्को विकेट गुमाउँदै गएको विराटनगरको इनिङ संकटमा परेको छ । हालसम्म विराटनगरले आठ विकेट गुमाइसकेको छ ।

दक्षिण अफ्रिकी खेलाडी फाफ डुप्लेसीबाहेक विराटनगरका सबै ब्याटर सस्तैमा समेटिएका छन् । ओपनर साम हेज्लेट इनिङगको पहिलो बलमै आउट भए ।

विराटनगरका मार्टिन गप्टिल दुई बलमा दुई रन बनाएर आउट भए भने नरेन भट्ट पनि शून्य रनमा आउट भए । बसिर अहमद पनि १८ बलमा १२ रन बनाएर आउट भए । विकेटकिपर ब्याटर लोकेश बम ६ बलमा ५ रन बनाएर आउट भए । नारायण जोशी तीन बलमा एक रन बनाएर आउट भए ।

अर्का ओपनर फाफ डु प्लेसी पनि २९ बलमा ३६ रन बनाएर आउट भएका छन् । त्यसैगरी, प्रतिश जीसी पनि ५ बलमा तीन रन बनाएर आउट भए ।

यसअघि विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ५६ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई