सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा « Khabarhub

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै अहिले विराटनगर किङ्ग्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा एकपछि अर्को विकेट गुमाउँदै गएको विराटनगरको इनिङ संकटमा परेको छ । हालसम्म विराटनगरले आठ विकेट गुमाइसकेको छ ।

दक्षिण अफ्रिकी खेलाडी फाफ डुप्लेसीबाहेक विराटनगरका सबै ब्याटर सस्तैमा समेटिएका छन् । ओपनर साम हेज्लेट इनिङगको पहिलो बलमै आउट भए ।

विराटनगरका मार्टिन गप्टिल दुई बलमा दुई रन बनाएर आउट भए भने नरेन भट्ट पनि शून्य रनमा आउट भए । बसिर अहमद पनि १८ बलमा १२ रन बनाएर आउट भए । विकेटकिपर ब्याटर लोकेश बम ६ बलमा ५ रन बनाएर आउट भए । नारायण जोशी तीन बलमा एक रन बनाएर आउट भए ।

अर्का ओपनर फाफ डु प्लेसी पनि २९ बलमा ३६ रन बनाएर आउट भएका छन् । त्यसैगरी, प्रतिश जीसी पनि ५ बलमा तीन रन बनाएर आउट भए ।

यसअघि विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : ५६ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को