पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : भण्डारी छुटे, अधिकारी थुनामै « Khabarhub

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : भण्डारी छुटे, अधिकारी थुनामै


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर उनले धरौटी बुझाएनन्। धरौटी बुझाए पनि तत्काल थुनामुक्त हुन नपाउने अवस्थामा अधिकारी छन्।

अदालतले भनेको छ, ‘आजको थुनछेक आदेशमा प्रतिवादी प्रदीप अधिकारीलाई ५ लाख धरौटी माग भएकोमा निज प्रतिवादी अर्को मुद्दामा थुनामै रहेको र आजको इजलासबाट माग भएको धरौटी रकम नबुझाएकोले थुनामै पठाइएको छ।’

अर्का प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटी माग भएकोमा धरौटी रकम बुझाएर उनी भने रिहा भइसकेका छन्।

मङ्गलबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा अधिकारीसँग ५ लाख र प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख रुपैयाँ धरौटी माग गरी रिहा गर्न आदेश दिएको थियो।

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र भण्डारीसहित कुल ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यो मुद्दामा उनीहरूसँग ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ।

विशेष अदालतले आइतबार नलिनचोक हेलिपोर्ट भ्रष्टाचारमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि उनी डिल्लीबजार कारागारमा छन्। हेलिपोर्ट भ्रष्टाचारमा अधिकारीसहित ६ जना प्रतिवादीसँग १३ करोड ५७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेको थियो।

यसअघि, पूर्वनिर्देशक मुरारी भण्डारी भने नलिनचोक हेलिपोर्ट मुद्दामा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ३६ बजे

जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा

ब्रिटिस र्‍यापर क्लार्कको स्वीकार: आफ्नै कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु

बेलायत- चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट

एमाले नेताहरूले देउवालाई भेटेर दिए महाधिवेशनको निम्तो

काठमाडौँ– नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ११

यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसीसी पुरुष यू–१९ एसिया

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : भण्डारी छुटे, अधिकारी थुनामै

काठमाडौँ– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष