एमाले नेताहरूले देउवालाई भेटेर दिए महाधिवेशनको निम्तो « Khabarhub

एमाले नेताहरूले देउवालाई भेटेर दिए महाधिवेशनको निम्तो


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ११ औँ महाधिवेशन अतिथिको निम्तो दिएका छन्।

एमाले सचिव रघुरवी महासेठ र विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला मंगलबार देउवाको महाराजगञ्जस्थित निवासमै पुगेर महाधिवेशनमा आउन निम्तो दिएका हुन्।

नेकपा एमालेले मंसिर २७ गतेदेखि ११ औँ महाधिवेशन काठमाडौँमा गर्दै छ। उद्घाटन सत्र भक्तपुरमा हुने छ भने बन्द काठमाडौँको भृकुटीमण्डपमा हुने छ।

एमालेले आफ्नो अधिवेशनमा दलका नेताहरूलाई अथितिका रुपमा बोलाउने गर्दछ। त्यही परम्परा अनुसार एमालेले देउवालाई निम्ते दिएको हो।

कांग्रेसले पनि आफ्नो महाधिवेशनमा नेताहरूलाई अतिथिका रुपमा बोलाउने गर्दछ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ५३ बजे

मतदाता भन्छन्– ‘नयाँ भन्दैमा असल र पुरानो भन्दैमा सबै खराब हुँदैनन्’

काठमाडौं- जीवनको हरेक पहिलो अनुभव उत्साहप्रद र कौतुहल हुन्छ ।

अमेरिकामा नेपाली परिवारभित्र विभत्स हत्या: श्रीमती र छोरी मार्नेमाथि गोली प्रहार, एक शिशु सुरक्षित

काठमाडौं – अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र विभत्स

पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

भोजपुर– आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुर्ख्यौली पेसाको संरक्षणमा युवा

‘भ्रष्टाचारमुक्त शासन र निष्पक्ष निर्वाचन हाम्रो प्राथमिकता’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपालको लोकतन्त्र र स्वतन्त्रताको यात्रा

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा, यात्री धनुषा प्रस्थान

महोत्तरी– मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका