जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन « Khabarhub

जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि सहिदहरुको सम्झनामा सहिद परिवार, घाइते परिवारलगायत युवाहरुले दीप प्रज्वलन गरेका थिए। दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासमेत सहभागी भएका थिए।

दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा दमन गर्नेहरुमाथि कारवाही गर्न दृढतापूर्वक सरकार अघि बढ्ने बताए। नेपालको राज्यप्रणालीका साथै दोषिलाई अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी गर्ने उनले बताए।

गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे।

उनले जनेजी आन्दोलनपछि बनेको सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढेको भन्दै अख्तियारले ठूला ठूला अनियमिता प्रकरणमा मुद्दा दर्ता गरेको जिकिर गरे। पर्दा पछाडी बसेर राज्य र नेताहरुलाई समेत नचाउने तत्वहरु पहिचान भइसकेको उनले बताए।

गृहमन्त्री अर्यालले जेनजी म्याण्डेटअनुसार सरकार अघि बढेको भन्दै जेनजी सहिद र घाइतेहरुको पक्षमा सरकारले काम गर्ने धारणा राखे।

सरकारले जेनजी आन्दोलनका ४५ जना सहिदहरुलाई जेनजी सुशासन योद्धाका रुपमा सम्मान गर्ने निर्णय समेत गरिसकेको छ भने जिल्लास्तरीय शहिद सूचीमा राख्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ०८ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक