नारायणीमा बेपत्ता भट्टराईको शव फेला « Khabarhub

नारायणीमा बेपत्ता भट्टराईको शव फेला


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीले शिव भट्टराईको शव नारायणी नदी किनारामा आज फेला पारेको छ।

हाम फालेर बेपत्ता भएका उनको नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–५ कुसुमघाटस्थित शिवमन्दिर नजिक फेला पारेको हो।

चितवनको भरतपुर महानगरपालिका–४ शिवघाट बस्ने ४५ वर्षीय भट्टराई राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले बनाउँदै गरेको क्रुजबाट मंसिर २२ गते हाम फाली बेपत्ता भएका थिए।

हाम फालेको खबर पाउनासाथै नं. १७ गण चितवनबाट खटिएको गोताखोरसहितको टोलीले खोजतालास गर्ने क्रममा उनको शव आज फोला पारेको हो।

उनी उक्त प्रालिले बनाउँदै गरेको क्रुज (पानीजहाज) मा काम गर्ने कर्मचारी रहेको बताइएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : २७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी