नारायणीमा बेपत्ता भट्टराईको शव फेला « Khabarhub

नारायणीमा बेपत्ता भट्टराईको शव फेला


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीले शिव भट्टराईको शव नारायणी नदी किनारामा आज फेला पारेको छ।

हाम फालेर बेपत्ता भएका उनको नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–५ कुसुमघाटस्थित शिवमन्दिर नजिक फेला पारेको हो।

चितवनको भरतपुर महानगरपालिका–४ शिवघाट बस्ने ४५ वर्षीय भट्टराई राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले बनाउँदै गरेको क्रुजबाट मंसिर २२ गते हाम फाली बेपत्ता भएका थिए।

हाम फालेको खबर पाउनासाथै नं. १७ गण चितवनबाट खटिएको गोताखोरसहितको टोलीले खोजतालास गर्ने क्रममा उनको शव आज फोला पारेको हो।

उनी उक्त प्रालिले बनाउँदै गरेको क्रुज (पानीजहाज) मा काम गर्ने कर्मचारी रहेको बताइएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : २७ बजे

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा