माघ १ देखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य | Khabarhub Khabarhub

माघ १ देखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

सबै उच्च पदस्थ व्यक्तिको माघ १ गतेभित्र नै अद्यावधिक गर्नुपर्ने


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८०’ लाई संशोधन गर्दै माघ १ गतदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर अनिवार्य गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीइ अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ’, राष्ट्र बैंकले एकीकृत निर्देशनको संशोधित व्यवस्थामा उल्लेख गरेको छ ।

राष्ट्र बैंकले सरकारले भुक्तानी दिनुपर्ने बैंक खाताबाट भुक्तानी निकाल्दा पनि त्यस्तो खातामा अनिवार्य रूपमा ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै उच्च पदस्थ व्यक्तिहरूको राष्ट्रिय परिचयपत्रको विवरण माघ १ गतेभित्र नै अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । उच्च पदस्थ व्यक्तिहरूको वर्गीकरण, उच्च पदस्थ व्यक्तिको परिवार वा नजिकको सम्बन्ध एकिन गर्नको लागि पनि निर्देशनअनुसार व्यवस्था गरिएको संयन्त्र प्रयोग गर्नुपर्ने संशोधित एकीकृत निर्देशनमा उल्लेख छ ।

अहिलेसम्म उच्च पदस्थ व्यक्तिको अभिलेख सो व्यक्ति पदबाट अवकाश वा मुक्त भएको मितिले ५ वर्षसम्म राख्नुपर्ने व्यवस्थालाई राष्ट्र बैंकले बढाएर १० वर्ष पुर्याएको छ । ‘उच्च पदस्थ व्यक्तिको अभिलेख निज पदबाट अवकाश मुक्त भएको मितिले कम्तीमा १० वर्षसम्म कायम राख्नुपर्नेछ’, संशोधित निर्देशनमा उल्लेख छ ।

हेर्नुहोस् राष्ट्र बैंकको निर्देशन-


प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १० : ५७ बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार