माघ १ देखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य « Khabarhub

माघ १ देखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

सबै उच्च पदस्थ व्यक्तिको माघ १ गतेभित्र नै अद्यावधिक गर्नुपर्ने


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८०’ लाई संशोधन गर्दै माघ १ गतदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर अनिवार्य गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीइ अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ’, राष्ट्र बैंकले एकीकृत निर्देशनको संशोधित व्यवस्थामा उल्लेख गरेको छ ।

राष्ट्र बैंकले सरकारले भुक्तानी दिनुपर्ने बैंक खाताबाट भुक्तानी निकाल्दा पनि त्यस्तो खातामा अनिवार्य रूपमा ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै उच्च पदस्थ व्यक्तिहरूको राष्ट्रिय परिचयपत्रको विवरण माघ १ गतेभित्र नै अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । उच्च पदस्थ व्यक्तिहरूको वर्गीकरण, उच्च पदस्थ व्यक्तिको परिवार वा नजिकको सम्बन्ध एकिन गर्नको लागि पनि निर्देशनअनुसार व्यवस्था गरिएको संयन्त्र प्रयोग गर्नुपर्ने संशोधित एकीकृत निर्देशनमा उल्लेख छ ।

अहिलेसम्म उच्च पदस्थ व्यक्तिको अभिलेख सो व्यक्ति पदबाट अवकाश वा मुक्त भएको मितिले ५ वर्षसम्म राख्नुपर्ने व्यवस्थालाई राष्ट्र बैंकले बढाएर १० वर्ष पुर्याएको छ । ‘उच्च पदस्थ व्यक्तिको अभिलेख निज पदबाट अवकाश मुक्त भएको मितिले कम्तीमा १० वर्षसम्म कायम राख्नुपर्नेछ’, संशोधित निर्देशनमा उल्लेख छ ।

हेर्नुहोस् राष्ट्र बैंकको निर्देशन-


प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १० : ५७ बजे

सिंहदरबारमा ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्दैछ

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित

भैरहवा – रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम