सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि बढिरहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि बुधबार र बिहीबार पनि सुनको भाउ क्रमशः प्रतितोला ५०० र ८०० रुपैयाँले बढेको थियो । यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यता, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १८ सय ४० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६७३ डलरमा र चाँदी प्रतिऔंस ३०.२१ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ११ : ३२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी