रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए « Khabarhub

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका छन् ।

सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका हुन् ।

यसअघि उक्त सूचना केन्द्रको कालोसूचीमा ८ पटकसम्म परेको भेटिएपछि निर्वाचन आयोगले मंगलबार धनुषा क्षेत्र नम्बर–१ बाट रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिदिएको थियो ।

अब सर्लाही ३ का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका हुन् ।

कर्जा सूचना केन्द्रले राखेको विवरणअनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो ।

उक्त कालोसूची अहिले पनि यथावत छ । अर्थात्, उनले बैंकबाट लिएको कर्जा अझै फर्च्यौट गरेका छैनन् ।

कलवार ठेकेदार हुन् । उनले ठेक्का लिएर कयौँ विकास निर्माणका आयोजना अलपत्र पारेको आरोप पनि लागिरहेको छ।

कलवार २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार थिए । त्यसबेला उनी नेकपा एमालेका हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरले हारेकाा थिए । उप्रेती जितेर एक पटक रक्षामन्त्री भए भने कलावर माओवादी छाडेर रास्वपातिर लागेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १ : ४२ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल