अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने « Khabarhub

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । 

त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँका दरले तोकेको थियो । 

प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले तत्कालै ५३ करोड रुपैयाँ जम्मा गरिदिएको थियो ।

आयोजनाको प्रवेशमार्गमा झण्डै चार सय परिवारको घरजग्गा परेको छ । सर्वोच्चको परमादेशपछि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए  । 

विसं २०८१ जेठ २२ गते अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेर सुरुङमार्गको काम सकिएको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ११ : ४३ बजे

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक

ममता हत्याकाण्डका दोषी नरेशलाई होला त मृत्युदण्ड ?

काठमाडौं- ममता काफ्ले हत्याकाण्डमा अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीको जुरीले

२७ वर्षदेखि अञ्जली दिदीको सामूहिक भाइटीका (तस्बिरहरू) 

काठमाडौँ– अञ्जली दिदीले यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम आयोजना

असिना र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित

काठमाडाैँ – काठमाडौँमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो

काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू) 

काठमाडौँ–  तिहारको भाइटीकाका दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको