अर्थ मन्त्रालयले माग्यो बिमा प्राधिकरण अध्यक्षको आवेदन « Khabarhub

अर्थ मन्त्रालयले माग्यो बिमा प्राधिकरण अध्यक्षको आवेदन


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि आवेदन माग भएको छ । नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै १५ दिनको समयसीमा राख्दै आवेदन माग गरेको हो ।

प्राधिकरणका पूर्व अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएपछि रिक्त भएको पदमा मन्त्रालयले सिफारिस समिति गठन गरेर नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । 

समितिले बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

साथै, समितिले सूचनामा आवेदन पेस गर्ने प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात र शुल्कको विषयमा पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : ३४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी