दुखाइ कम गर्ने औषधि बन्यो लागुऔषध, धरानबाट ट्रामाडोलसहित तीनजना पक्राउ « Khabarhub

दुखाइ कम गर्ने औषधि बन्यो लागुऔषध, धरानबाट ट्रामाडोलसहित तीनजना पक्राउ


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा कोठा लिएर बस्ने ३१ वर्षीय असरद अन्सारी र ४५ बर्षीय जियाउल अन्सारी पक्राउ परेका छन् ।

उनीहरूको कोठा खानतलासी गर्दा ट्रामाडोल–५० लेखिएको ४२ हजार ६ सय क्याप्सुल बरामद भएको छ । अरसदको स्थायी घर सुनसरीको हरिनगरा– ४ र जियाउलको त्यही पालिकाको वडा नम्बर २ भुटाहा हो ।

असरद र जिउलले धरानमा कोठा भाडामा लिएर अवैधरुपमा लागुऔषध कारोबार गर्दै आएको जानकारी पाएपछि बिहीबार राति छापा मार्दा ट्रामाडोल बरामद भएको हो । बरामद ट्रामाडोलको बजार मूल्य करिब ४ लाख रुपैयाँ बराबरको हुन आउँछ ।

यसैगरी प्रहरीले धरान–१६ बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवा चोकबाट पक्राउ गरेको जनाएको छ । भुजेलको साथबाट ट्रामाडोल सय क्याप्सुल, ट्रामानियल ९ सय क्याप्सुल, स्पास्मेण्ड हजार क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।

ट्रामाडोल औषधि मांसपेशीको दुखाइ कम गर्न र रुमेटायड आर्थराइटिस र आस्टियो आर्थराइटिसबाट हुने दुखाइ कम गर्न विरामीलाई चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्न सकिन्छ ।

ट्रामाडोलमा भएको रसायनले दुखाइ भएको सन्देश दिने मष्तिस्कको रसायनलाई निस्किृय बनाउने गर्छ । यस्तै ट्रामानियल र स्पास्मेण्ड पनि दुखाई कम गराउने औषधि हुन् ।

यी औषधिलाई लागुऔषधको श्रेणीमा राखिएको छैन । जुनसुकै मेडिकल हल वा औषधि पसलमा पाउन सकिने भएकाले पछिल्लो समयमा लागुऔषधकै रुपमा प्रयोगकर्तालाई बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १ : ०८ बजे

विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गत बुधबारको खेलमा विराटनगर

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु

आर्टुडियोद्वारा नयाँ पाटन विंग र ‘अनसिन’ प्रदर्शनी उद्घाटन  

पाटन – आर्टुडियोले नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : हाम्रो हस्ताक्षरको अपमान स्वीकार्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरुले नयाँ नीति र

सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि ३९ बुँदे कार्ययोजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि