दुखाइ कम गर्ने औषधि बन्यो लागुऔषध, धरानबाट ट्रामाडोलसहित तीनजना पक्राउ « Khabarhub

दुखाइ कम गर्ने औषधि बन्यो लागुऔषध, धरानबाट ट्रामाडोलसहित तीनजना पक्राउ


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा कोठा लिएर बस्ने ३१ वर्षीय असरद अन्सारी र ४५ बर्षीय जियाउल अन्सारी पक्राउ परेका छन् ।

उनीहरूको कोठा खानतलासी गर्दा ट्रामाडोल–५० लेखिएको ४२ हजार ६ सय क्याप्सुल बरामद भएको छ । अरसदको स्थायी घर सुनसरीको हरिनगरा– ४ र जियाउलको त्यही पालिकाको वडा नम्बर २ भुटाहा हो ।

असरद र जिउलले धरानमा कोठा भाडामा लिएर अवैधरुपमा लागुऔषध कारोबार गर्दै आएको जानकारी पाएपछि बिहीबार राति छापा मार्दा ट्रामाडोल बरामद भएको हो । बरामद ट्रामाडोलको बजार मूल्य करिब ४ लाख रुपैयाँ बराबरको हुन आउँछ ।

यसैगरी प्रहरीले धरान–१६ बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवा चोकबाट पक्राउ गरेको जनाएको छ । भुजेलको साथबाट ट्रामाडोल सय क्याप्सुल, ट्रामानियल ९ सय क्याप्सुल, स्पास्मेण्ड हजार क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।

ट्रामाडोल औषधि मांसपेशीको दुखाइ कम गर्न र रुमेटायड आर्थराइटिस र आस्टियो आर्थराइटिसबाट हुने दुखाइ कम गर्न विरामीलाई चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्न सकिन्छ ।

ट्रामाडोलमा भएको रसायनले दुखाइ भएको सन्देश दिने मष्तिस्कको रसायनलाई निस्किृय बनाउने गर्छ । यस्तै ट्रामानियल र स्पास्मेण्ड पनि दुखाई कम गराउने औषधि हुन् ।

यी औषधिलाई लागुऔषधको श्रेणीमा राखिएको छैन । जुनसुकै मेडिकल हल वा औषधि पसलमा पाउन सकिने भएकाले पछिल्लो समयमा लागुऔषधकै रुपमा प्रयोगकर्तालाई बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १ : ०८ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा