धरानमा कोठा भाडामा लिएर लागूऔषध कारोबार, ३ जना पक्राउ « Khabarhub

धरानमा कोठा भाडामा लिएर लागूऔषध कारोबार, ३ जना पक्राउ


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार धरान–८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा कोठा लिएर बस्ने ३१ वर्षीय असरद अन्सारी र ४५ वर्षीय जियाउल अन्सारी पक्राउ परेका हुन् । 

उनीहरूको कोठा खानतलासी गर्दा ट्रामाडोल–५० लेखिएको ४२ हजार ६ सय क्याप्सुल बरामद भएको थियो । अरसदको स्थायी घर सुनसरीको हरिनगरा– ४ र जियाउलको सोही पालिकाको वडा– २ भूटाहा हो । 

असरद र जिउलले धरानमा कोठा भाडामा लिएर अवैधरुपमा लागूऔषधको कारोबार गर्दै आएको जानकारी पाएपछि बिहीबार राती छापा मार्दा ट्रामाडोल बरामद भएको हो । बरामद ट्रामाडोलको बजार मुल्य करिब ४ लाख रुपैयाँ बराबरको हुन आउँछ । 

यसैगरी प्रहरीले धरान–१६ बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवा चोकबाट पक्राउ गरेको जनाएको छ । भूजेलको साथबाट ट्रामाडोल सय क्याप्सुल, ट्रामानियल ९ सय क्याप्सुल, स्पास्मेण्ड हजार क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ । 

ट्रामाडोल औषधी मांसपेशीको दुखाई कम गर्न र रुमेटायड आर्थराइटिस र आस्टियो आर्थराइटिसबाट हुने दुखाई कम गर्न बिरामीलाई चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्न सकिन्छ । ट्रामाडोलमा भएको रसायनले दुखाई भएको सन्देश दिने मस्तिष्कको रसायनलाई निष्क्रिय बनाउने गर्छ । यस्तै ट्रामानियल र स्पास्मेण्ड पनि दुखाई कम गराउने औषधी नै हुन् । 

यी औषधीहरूलाई लागूऔषधको श्रेणीमा राखिएको छैन । जुनसुकै मेडिकल हल वा औषधी पसलमा पाउन सकिने भएकाले पछिल्लो समयमा लागूऔषधको कारोबार गर्ने गिरोहले लागूऔषधकै रूपमा प्रयोगकर्ताहरूलाई विक्री गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  २ : ५९ बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता