सहकारी ठगी प्रकरण : जेल पुगेकी लीला ३७ लाख धरौटी बुझाएर छुटिन् « Khabarhub

सहकारी ठगी प्रकरण : जेल पुगेकी लीला ३७ लाख धरौटी बुझाएर छुटिन्


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पक्राउ परेकी लीला पछाईं ३७ लाख रुपैयाँ धरौटी जम्मा गरेर रिहा भएकी छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार पछाईंसँग ३७ लाख रुपैयाँ धरौटी मागेको थियो । तर उनले उक्त धरौटी बुझाउन नसकेपछि बिहीबार कास्की कारागार चलान भएकी थिइन् ।

पछाईंले शुक्रबार जिल्ला अदालत कास्कीमा धरौटी बुझाएसँगै रिहा भएकी जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

पछाईं सूर्यदर्शन सहकारी र गोर्खा मिडिया नेट्वर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) को सहयोगीका रुपमा थिइन् ।

यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार छविलला जोशीसहित ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा भएका थिए । तर लीलाले भने धरौटीमा नबुझाउँदा जेल पुगेकी थिइन् ।

लीलामाथि सहकारीका अध्यक्ष जीबीसँग मिलेर ३ करोड रुपैयाँभन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको पाइएको प्रहरीले जनाएको थियो । उनलाई पनि प्रहरीले गत असोज १५ गते पक्राउ गरेको थियो । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा थिइन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ०३ बजे

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित