वैदेशिक रोजगारी त्यागेर जुनार खेती, दोहोरो आम्दानी « Khabarhub

वैदेशिक रोजगारी त्यागेर जुनार खेती, दोहोरो आम्दानी


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनार खेतीतर्फ लागेका छन् । जुनार खेतीबाट प्रशस्त र दोहोरो आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनार खेतीतर्फ आकर्षित भएका हुन् । 

जुनार बगैँचाभित्र तोरी भटमासलगायत कोसेबाली र अन्य तरकारीबाली उत्पादन गरी आम्दानी लिन सकिने तथा जुनारबाट पनि आम्दानी लिन सकिने भएकाले यसतर्फ आकर्षित भएको रामेछाप–६ ओख्रेनीका जुनार कृषक हिमाल तामाङले बताए। 

लामो समय खाडी मुलुकमा बसेर काम गरेको भन्दै लेखपढ नभएका र सीप नभएका आफू जस्तालाई त्यहाँ सजिलो काम पाउन मुस्किल हुने उनले अनुभव सुनाए।

बर्सेनि बिरुवा थप्दै र उत्पादन वृद्धि गराउँदै जाने हो भने यही विदेशको जति कमाउन सकिने उनले दाबी गरे। आफू भारतको गुजरातमा २५ वर्ष बसेर काम गरेको अनुभव सुनाउँदै त्यहाँको आम्दानी चित्त नबुझेर स्वदेशमा केही गर्ने अठोटका साथ फर्किएर जुनार खेती सुरु गरेको तामाङले बताए। 

यसअघि आफू वैदेशिक रोजगारीका क्रममा चार वर्ष मलेसिया बसेर धेरै दुःख गर्दा पनि सन्तोषजनक आम्दानी नभएकाले स्वदेशमा फर्केर जुनार खेती गर्न थालेको रामेछाप–७ सुकाजोरका अर्का कृषक रामकुमार कार्कीले बताए। 

रामेछाप नगरपालिकामा हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रामकुमार कार्कीलगायत दजनौँ कृषक वैदेशिक रोजगारीबाट सन्तुष्ट नभएर जुनार खेती गर्ने गरेकाछाप नगरपालिकाका वरिष्ठ कृषि शाखा प्रमुख कृष्णबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार अरुको तुलनामा उनीहरूको बगैँचा र जुनारका दाना राम्रा छन् ।

गत वर्ष जिल्लामा पाँच सय २० हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती गरिएको बताउँदै यस वर्ष पाँच सय ४० हेक्टर क्षेत्रफलमा जुनार उत्पादन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापकी भवानी बस्नेतले जनाए। उनले जिल्लाका विभिन्न पालिकामा वैदेशिक रोजगारीबाट फर्केर जुनार र सुन्तला खेती गर्नेको सङ्ख्या बढ्दै गएको उल्लेख गरे। 

बजारको समस्या नभएकाले यसको व्यवसाय सहज बनेको भन्दै बस्नेतले प्रशस्त उत्पादन, बजारीकरणको समस्या नहुनु, मुनाफा बढीलगायत कारणले युवाको जुनार खेतीप्रति आकर्षण बढेको दाबी गरे। 

दैनिक रूपमा विदेशिने हजारौँको संख्याका युवालाई यस्ता कृषिकर्ममा विभिन्न अनुदान दिएर सङ्घीय तथा प्रदेश सरकारले लगाउनसके वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताए।  

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ०४ बजे

आज २०८३ साल साउन २९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २९ गते शुक्रबार सन् २०२६

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई