भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै | Khabarhub Khabarhub

भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २७ देखि २९ गते सम्म हुने भएको छ । 

सिद्धार्थनगर नगरपालिकाले प्रतियोगिताका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरि सबै तयारी पूरा भएको जानकारी गराएको छ ।

सम्मेलनमा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङिण विकासलाई लक्षित गरेर प्रतियोगिता गर्न लागिएको बताए । 

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्य रनिङ शिल्डको रहेको उनले जानकारी दिए । 

प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषी क्याम्पस र वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल खेल हुनेछन् । 

भलिवल तर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टिमको सहभागिता रहने छ । त्यस्तै कवड्डी तर्फ १३ विद्यालयका छात्रहरुको ११ टिम र छात्राहरुको १० टिमको सहभागिता रहने छ ।

तेक्वान्दो तर्फ १५ विद्यालयका छात्र तर्फ १० र छात्रा तर्फ १२ टिमको सहभागिता रहने छ । एथेलेटिक्स तर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० को सहभागिता रहने छ । प्रतियोगिता अवधिभर ४२ बटा ईभेन्टमा खेल हुने छन् । प्रतियोगितामा कुल २७ विद्यालयका ६५० छात्र र ६३९ छात्रा गरी कुल १ हजार दुईसय ८९ विद्यार्थीहरूको सहभागिता रहने छ । 

सवै ईभेन्ट तर्फ प्रथम, द्धतिय र तृतियलाई मेडल तथा प्रमाण प्रत्र दिईने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए । 

पत्रकार सम्मेलनमा नगर पालिकाका उप प्रमुख उमा अधिकारी , प्रमुख कार्यकारी अधिकृत जनक थापाले भनाइ राखेका थिए ।

प्रतियोगिता सञ्चालनका लागि खेल संयोजकहरु पनि तोकिएको छ । तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिती, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : ०२ बजे

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर– भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ ।

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता