विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह « Khabarhub

विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगो बाल्दा वा हिटर तथा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।

 मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’आगो ताप्ने, हिटर बाल्ने वा गिजर आदि उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा कार्बन मोनोअक्साइड जम्मा हुन सक्छ । कार्बन मोनोअक्साइड गन्ध, रङ्ग र स्वादरहित एक विषाक्त ग्यास हो, जसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यान पनि जान सक्दछ ।’

यी उपकरणहरूको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । मन्त्रालयले हावा ओहोरदोहोर हुने स्थान वा कोठामा मात्र त्यस्ता उपकरण प्रयोग गर्न, सकेसम्म कोइला आधारित स्रोतबाट आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने सामग्री नजिक नराख्नु र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउनसमेत अनुरोध गरेको छ ।

‘सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न, गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्नुहुन मन्त्रालय अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यी उपकरणको प्रयोग गर्दा टाउको दुख्ने, रिङ्गटा चल्ने आदि जस्ता लक्षण देखिएमा तुरुन्त झ्याल ढोका खुला गरी हावा ओहोरदोहोर गराउन वा खुला ठाउँमा जान पनि अनुरोध गरिएको छ ।

लक्षणहरू कम नभएमा वा अझै खराब भएमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन वा मन्त्रालयको ‘हेल्लो स्वास्थ्य कल सेन्टर १११५’ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : १९ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा