कानुनमन्त्री, मुख्यसचिव र कानुनसचिव लिएर शीतल निवासमा प्रधानमन्त्री ओली « Khabarhub

कानुनमन्त्री, मुख्यसचिव र कानुनसचिव लिएर शीतल निवासमा प्रधानमन्त्री ओली


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडलसँग संवादका लागि शीतल निवास पुगेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया र मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई समेत साथमा लिएर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग संवाद गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पछिल्लो समय सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा छ । अर्कातिर नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनबारे पनि मतभिन्नता देखिइरहेको छ ।

दल विभाजनबारेको अध्यादेश आउने चर्चाबीच शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विपक्षी तीन दलका नेतासँग लामो संवाद गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : ३३ बजे

मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला

काठमाडौं– मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर

यात्रुले भरतपुर बसपार्कबाटै टिकट काट्न पर्ने

नारायणगढ– भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन

होर्मुजको जलक्षेत्रमा इरानले थाप्न थाल्यो धराप

काठमाडौं- ऊर्जाका परिवहनका लागि संसारको सबैभन्दा महत्वपूर्ण जलक्षेत्र होर्मुजको जलडमरुमध्यमा

अब कसरी बन्छ बालेन नेतृत्वको सरकार ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अहिलेसम्म प्रत्यक्षतर्फको

एलजी नेपालले घोषणा गर्‍यो गर्मी सुरु हुनुअघि निःशुल्क एसी सेवा शिविर

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क