काडमाडौं- कुमारी बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा अलीपेमार्फत नेटवर्कमाआबद्ध प्रयोगकर्ताका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
बैकका अनुसार यो सेवामार्फत अलीपेमार्फत प्रयोगकर्ताले बैंकको नेपालपे क्यूआर रहेका व्यवसायमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् । यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
यस सम्झौतासँगै नेपालपे क्यूआर र यसको इन्टरअप्रुवल क्यूआर (अन्तरक्रियात्मक) लाई अलीपेमार्फत नेटवर्कका सदस्यले स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।
बैंका अनुसार यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुरलगायतका देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने, नेपालपे क्यूआरमार्फत व्यवसायीले १४ बैंकका अनुसार अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै अलीपे,अलीपेएचके, टिनाबा,एमपे, टचएन गो वालेट, माईपीबी, हीपे, जीक्यास,चंगीपे,ओसीबीसी डिजिटल, काकापे, नेभरपे, टोसपे र ट्रष्टमनिबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।
प्रतिक्रिया