जनकपुरधाम–२४ का वडाध्यक्ष सहनी भ्रष्टाचार आरोपमा दोषी ठहर, ६ महिना कैद | Khabarhub Khabarhub

जनकपुरधाम–२४ का वडाध्यक्ष सहनी भ्रष्टाचार आरोपमा दोषी ठहर, ६ महिना कैद


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विशेष अदालतले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष उपेन्द्र सहनीसहित ३ जनालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।

वडाध्यक्ष सहनीसँगै वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अदालतले दोषी ठहर गरेको हो ।

अदालतले वडाध्यक्ष सहनीलाई ६ महिना कैद र २ लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तै, वडा सचिव साह र कार्यालय सहयोगी मण्डललाई जनही १ लाख १२ हजार ५०० रुपैयाँ जरिवानासहित ६ महिना कैदको फैसला सुनाएको छ ।

गत भदौ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष सहनी, वडा सचिव साह र कार्यालय सहयोगी मण्डललाई पक्राउ गरेको थियो । उनीहरूले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का एक सेवाग्राहीसँग घर बाटो सिफारिस गरेबापत घुस लिएका थिए ।

सेवाग्राहीले आफ्नो जग्गाको घर बाटो सिफारिसको लागि वडाध्यक्ष कार्यालयका सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस दिएका थिए । अख्तियारको टोलीले उक्त रकमको लेनदेनमाथि छानबिन सुरु गरेको थियो ।

अख्तियारको अनुसन्धान टोलीले दोषीहरूलाई न्यायिक हिरासतमा राखेर विस्तृत अनुसन्धान अघि बढाएको थियो । अदालतमा पेस भएको प्रमाण र बयानका आधारमा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ३६ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको