रविलाई धरौटी लिएर छाड्ने न्यायाधीश राईविरुद्ध उजुरी | Khabarhub Khabarhub

रविलाई धरौटी लिएर छाड्ने न्यायाधीश राईविरुद्ध उजुरी


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीशविरुद्ध न्यायपरिषद्‍मा उजुरी परेको छ ।

रविलाई थुनामा पठाउने प्रशस्त सवुत-प्रमाण र तथ्य हुँदा हुँदै जिल्ला अदालतका कास्कीका न्यायाधीश नीतिज राई ६५ लाख धरौटी लिएर तारेखमा रिहा गर्न दिएको आदेशविरुद्ध उजुरी परेको हो ।

न्यायाधीश राईविरुद्ध सिन्धुलीका युवराज सफलले न्याय परिषद्‌मा शुक्रबार उजुरी दर्ता गराएका हुन् ।

‘…सो मुद्दामा जोडिएका गातजना प्रतिवादीलाई धरौटी छोड्ने गरी न्यायाधीश नीतिजकुमार राईबाट भएको आदेश सहकारी पीडित तथा न्यायप्रेमी नागरिकको अपेक्षाविपरीत आएको छ । आदेशको क्रममा न्यायाधीश नीतिजकुमार राईले उल्लेखित आरोपित एवम् प्रतिवादी छविलाल जोशी र रवि लामिछाने लगायत ७ जनालाई क्लिन चिट दिएको र दोषी होइनन् भनेको अवस्था छैन’, उजुरीमा भनिएको छ, ‘माथि उल्लेखित प्रतिवादीसँग करोडौँ रुपैयाँको विगो माग गरिएको छ। त्यस्तै रवि लामिछाने र छविलाल जोशी लगायतलाई संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्धा चलाइएकोले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाई मुद्दा अगाडि बढाउन पर्नेमा सो नगरी न्यायाधीशले ले आरोपित सातैजनालाई दाबी गरिएको विगो रकमभन्दा थोरै धरौटी तोकी छाड्ने निर्णय गरेको हुँदा यो आदेश कानुनी, न्यायिक र व्यवहारिक कुनै कोणबाट पनि न्यायसंगत छैन ।’

युवराज सफल

विगतमा सूर्यदर्शन सहकारी काण्डका आरोपितहरू कुमार रम्तेल, कैलाश कुमार दलांगी, शिवबहादुर गुरुङ, प्रमोद भट्टराई लगायतलाई कास्की जिल्ला अदालतले पुर्पक्षमा कारागार पठाउने निर्णय गरेको पनि उनले स्मरण गराएका छन् । उक्त प्रकरणको मुद्दामा सोही अदालतले आरोपित एवम् प्रतिवादीलाई कम धरौटीमा छोडनु नजिर र अभ्यासको हिसाबले कुनै पनि हालतमा सुहाउने र मिल्ने विषय नभएको उनको जिकिर छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ५९ बजे

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

म्याग्दी– सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

अर्थसहित संसद्का ६ वटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै छ ।

कोशी र गण्डकी प्रदेशमा मौसम बदली हुने

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी

एमालेको टिप्पणी- विपक्षी सरकारविरुद्ध झुटको खेतीमा लागेको छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र लगायत प्रतिपक्षीले

ट्रम्प र मोदीको भेटवार्ता : व्यापारको विषयमा छलफल

न्युयोर्क – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग