ट्रम्पसँग वार्ताका लागि पुटिन तयार : क्रेमलिन « Khabarhub

ट्रम्पसँग वार्ताका लागि पुटिन तयार : क्रेमलिन


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्रेमलिनले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहेको बताएको छ । यो घोषणा आगामी अमेरिकी राष्ट्रपतिले दुई नेताबीच बैठक तय भइरहेको बताएपछि आएको हो ।

जनवरी २० मा पदवहाली गर्ने ट्रम्पले रुस र युक्रेनबीचको करिब तीन वर्षे युद्धलाई छिटै अन्त्य गर्न सक्ने बताएका छन् तर कुनै ठोस योजना प्रस्तुत गरेका छैनन्।

‘राष्ट्रपतिले बारम्बार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्क गर्न खुला रहेको बताउनुभएको छ’, पुटिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरू भने। 

ट्रम्पले बिहीबार पुटिनसँग बैठक तय भइरहेको बताएका छन् । ‘उहाँ भेट्न चाहनुहुन्छ, र हामी यसको व्यवस्था गरिरहेका छौँ’, फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको बैठकमा ट्रम्पले भने, ‘राष्ट्रपति पुटिन भेट्न चाहनुहुन्छ, उनले त्यो सार्वजनिक रूपमा पनि भन्नुभएको छ र हामीले त्यो युद्ध समाप्त गर्नुपर्छ, त्यो एउटा रक्तपातपूर्ण अवस्था हो ।’

क्रेमलिनले ट्रम्पको ‘वार्ताको माध्यमबाट समस्या समाधान गर्ने तयारी’ लाई स्वागत गरेको पेसकोभले शुक्रबार बताए। उनले मस्कोसँग बैठक आयोजना गर्न कुनै पूर्वशर्त नरहेको बताए। 

‘कुनै शर्त आवश्यक छैन । संवादमार्फत समस्या समाधान गर्न आपसी इच्छाशक्ति र राजनीतिक इच्छाशक्ति चाहिन्छ’, दैनिक पत्रकार सम्मेलनमा उनले भने। 

द्वन्द्वको द्रुत अन्त्यका लागि ट्रम्पको आशाले मस्कोका लागि अनुकूल सर्तहरूमा युक्रेन शान्ति सम्झौता स्वीकार गर्न बाध्य हुनसक्ने किएभमा चिन्ता बढाएको छ । 

सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गरेदेखि वासिङ्टनले युक्रेनलाई दशौँ अर्ब डलर सहयोग गरेको छ । 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ४४ बजे

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड