आज २०८१ साल माघ २८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ २८ गते सोमबारको राशिफल


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २८ गते सोमबार, माघ शुक्ल पक्षको त्रयोदशी तिथि। सोम प्रदोष व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बोल्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। सबै काम छोडेर परिवारलाई समय दिनुपर्नेछ।

वृष : दिन राम्रो छ। परिवार र साथीले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विदेशमा लगानी गरेको भए नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : मन शान्त बन्नेछ। सहकर्मीसँग मिलेर गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा श्रम गर्नुपर्नेछ। परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ। धार्मिक भ्रमणको योग छ। आम्दानीको क्षेत्र विश्वासिलो बन्नेछ।

कन्या : आम्दानी बढ्नेछ छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ। शिक्षाको क्षेत्रमा अवरोध हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ। फलफूलको व्यापारमा फाइदा हुने दिन छ। परिवारले राम्रो साथ र सहयोग मिल्नेछ।

वृश्चिक : औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : आज उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। राज्यको तर्फबाट त्रास बढ्दा काम गर्दा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्ने योग छ।

मकर : आज तपाईंले सोचेका काम बन्नेछन्। राजनीतिक क्षेत्रमा भने उतारचढाव बढ्नेछ। महत्त्वपूर्ण समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। मौसमी रोगबाट बच्नु आवश्यक देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मीन : साढेसाती शनिदशा भए पनि शुभग्रहको बहुमत रहेकाले सोचेको काम बन्नेछ। अल्छीपनबाट जोगिएर काम गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ०० बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला