सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ?


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५९ पैसा र बिक्रीदर १४० रुपियाँ १९ पैसा कायम भएको छ। यसैगरी, युरो एकको खरिदर १४४ रुपियाँ १६ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा तोकिएको छ।

केन्द्रीय बैंकले बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रुपियाँ २४ पैसा र बिक्रीदर १७३ रुपियाँ ९८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ४४ पैसा र बिक्रीदर १५४ रुपियाँ १० पैसा निर्धारण गरेको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ५४ पैसा र बिक्रीदर ८७ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ६५ पैसा र बिक्रीदर ९८ रुपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ०३ पैसा र बिक्रीदर १०३ रुपियाँ ४७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४५ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्री दर ३१ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ७६ पैसा र बिक्रीदर १२ रुपियाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३२ पैसा र बिक्री दर १९ रुपियाँ ४१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९२ पैसा र बिक्रीदर १७ रुपियाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ०५ पैसा र बिक्रीदर ४५४ रुपियाँ , बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ २७ पैसा र बिक्रीदर ३७१ रुपियाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ५६ पैसा र बिक्रीदर ३६४ रुपियाँ १२ पैसा निर्धारण गरेको छ।

भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ५० बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त