युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप « Khabarhub

युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड)को नाममा धेरै घोटाला भएको आरोप लगाएका छन्।

फक्स न्युजसँगको अन्तरवार्ताको क्रममा उनले कुनै प्रभाव र आधार बिना धेरै रकम खर्च भइरहेको आरोप लगाएका हुन्। उनले विदेशमन्त्री मार्क रुबियोमार्फत केही सही स्थानमा खर्च गर्ने बताए।

ट्रम्पले आफूले चयन गरेको व्यक्ति सही भएको बताउँदै कुनै गलत कुरा स्वीकार गर्न नसक्ने बताएका छन्। उनले एलन मस्क महान् भएको बताउँदै उनीबाट ठुलो सहयोग पाएको दाबी गरेका छन्।

ट्रम्पले युएसएडका हजारौँ कर्मचारीलाई बिदामा राख्ने निर्णय गरे पनि अदालतले शुक्रबार नै त्यसमा रोक लगाइ सकेको छ।

युएसएडका २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाएका छन्।

अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरसन फर गभर्मेन्ट इम्प्ल्वाइमेन्टले विरोध जनाएपछि शुक्रबार न्यायाधीशले यो निर्णय लिएका हुन्।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ३८ बजे

गतिशील र समाधान उन्मुख संवादका लागि दोहा फोरम

दोहा– विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको रूपान्तरणकारी उदयलगायत

‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन

एमालेको एघारौँ महाधिवेशन जनताको आवाज बुलन्द गर्ने दिन : उपमहासचिव प्रदीप ज्ञवाली 

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको ११ औँ राष्ट्रिय

मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

धनुषा– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही मङ्सिर

हेमजा साहित्य महोत्सव सम्पन्न

गण्डकी – हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई