अध्यात्म र प्रकृतिको संगम शैलुङ (तस्बिरहरू) « Khabarhub

अध्यात्म र प्रकृतिको संगम शैलुङ (तस्बिरहरू)



काठमाडौं– दोलखाको प्रसिद्ध पर्यटकीयस्थल हो शैलुङ डाँडा । शैलुङ गाउँपालिकामा अवस्थित प्रकृति र अध्यात्मको दोभानका रुपमा यो स्थान परिचित छ । यहाँ पुग्दा तन-मन दुवैलाई छुट्टै ऊर्जा मिल्छ । शैलुङ पुगेपछि जोकोहीको मनमा एक किसिमको शान्ति छाउँछ ।  

शैलुङ डाँडा रामेछाप र दोलखाको सिमानामा पर्छ। तर धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित शैलुङको सीमा विवाद पनि कायमै छ । सीमा विवाद मिलाउन दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक छलफल भए पनि टुङ्गो लाग्न सकेको छैन । 

तामाङ भाषामा ‘शैलुङ’ शब्दको नेपाली अर्थ सय थुम्का हुन्छ । जहाँ कुनै अग्ला र कुनै होचा थुम्का छन् । यी सय थुम्का चढेर हेर्दा चाँदीका लहर जस्तै टल्केका हिमाल देखिन्छन् । जहाँबाट गौरीशंकर, सगरमाथा पश्चिमको अन्नपूर्ण, मनास्लु ,लमजुङ, गणेश हिमाल, लाङटाङ, सगरमाथा र नुम्बुरसम्म दर्जनौँ हिमाल प्रष्ट देखिन्छ ।

धार्मिक रुपमा पनि शैलुङ हिन्दु र बौद्ध धर्मालाम्वीको संगमस्थल हो । हिन्दुहरू यस क्षेत्रलाई शिवको तपोभूमि मान्छन् । बौद्धधर्मालम्बीहरू बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् ।

यस क्षेत्रमा रहेको शैलुङ गुम्बा, शैलुङ महादेवको मन्दिर, धर्म गुफा, गाईको खुर र थुनजस्ता देखिने आकृति यस क्षेत्रका धार्मिक केन्द्र हुन् । शैलुङ क्षेत्रमा धर्म ढोका, १२ वर्षमा एक पटक गोदावरी फुल्ने ठाउँ, महादेव मन्दिर, हनुमान गुफा, डाफे ढुङ्गा, जरेश्वर महादेव, गाई ढुङ्गा, बाघ ढुङ्गा जस्ता धार्मिक एवम् प्राकृतिक सुन्दरताका थलो छन् ।

धार्मिक हिसाबमा पनि यो क्षेत्र हिन्दु र बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । बौद्ध धर्मावलम्बीका लागि शैलुङडाँडामा बौद्ध चैत्य र हिन्दुका लागि शैलुङ महादेवस्थान छ। यहाँ हरेक वर्ष बौद्ध पूर्णिमामा लाग्ने जात्रा एवम् गुफा बस्ने प्रचलन परापूर्वकालदेखि चलेको छ । यसबेला हजारौँ भक्तजन शैलुङडाँडामा लामा गुरुबाट बौद्ध चैत्यको दर्शन तथा पूजा–अर्चना गर्छन् ।

यस्तै प्रत्येक १२ वर्षमा लाग्ने गोदावरी नुहाउने मेला तथा शैलुङ महादेवको दर्शन गर्नाले पुण्य कमाइने विश्वास छ । बुद्धपूर्णिमा, बालाचर्तुदशी, तीज र नयाँ वर्ष लगायतका मुख्य चाडपर्वमा यहाँ पर्यटकको घुइँचो हुन्छ ।

सय थुम्काको शैलुङ डाँडा समुद्री सतहदेखि करिब तीन हजार चार सय मिटर उचाइमा छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको सङ्ख्या बिस्तारै बढ्दै जाँदा स्थानीय व्यवसायी पनि खुसी छन् ।

हेर्नुस् तस्बिरहरू : 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  २ : ११ बजे

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय