आमनिर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : महामन्त्री थापा | Khabarhub Khabarhub

आमनिर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : महामन्त्री थापा


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए।

उनले भने, ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरूले त्यसलाई सहयोग गर्नुपर्‍यो ।’

 विधानले एक वर्ष समय थप गर्न सक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए। 

उनले भने, ‘नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर-पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रूपमा दाबी गर्ने अवस्था छैन’, उनले भने, ‘एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ ।’

पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उनको भनाइ थियो । फरक प्रसङ्गमा बोल्दै उनले सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुने बताए । 

टेबल भएपछि संसद्बाट छलफलसहित पास हुने उनको भनाइ थियो । सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने उनले स्पष्ट पारे । यो विधेयकमा धेरै समस्या रहेको बताउँदै उनले विधेयक नसच्याई, परिमार्जन नभई र संशोधन बिना पारित नहुने उनले बताए।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १ : १७ बजे

कोशी लगानी सम्मेलन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने

काठमाडौं– कोशी प्रदेश सरकारको लगानी सम्मेलन आजदेखि सुरु हुँदैछ ।

‘श्रमिकको पसिना र समर्पणले समाज बाँचेको छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश

जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन

काठमाडौं– राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी छिन्

सरकारसँग ९ बुँदे सहमतिपछि आन्दोलनकारी शिक्षकलाई अध्यक्षको आभार : कमेन्टमा गालीको वर्षा

काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २९ दिनसम्म

एकता रोकिएपछि जनमत र नाउपाका नेताहरू छलफलमा

काठमाडौं– पार्टी एकता घोषणा रोकिएपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका