प्रचण्डको जिकिर- ओली फेरि संसद्‍ विघटन र संविधान खारेज होस् भन्ने चाहन्छन् | Khabarhub Khabarhub

प्रचण्डको जिकिर- ओली फेरि संसद्‍ विघटन र संविधान खारेज होस् भन्ने चाहन्छन्

उपेन्द्र यादवले अध्यादेशमा साथ नदिने दाबी


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान नै खारेज गर्न खोजिरहेको आरोप लगाएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले प्रधानमन्त्री ओली संविधान खारेज भएर परिवर्तनको उपलब्धि बर्बाद होस् भन्ने पक्षमा रहेको बताएका हुन् ।

‘उहाँ (ओली) ले त आन्दोलनबाट प्राप्त परिवर्तनका सबै उपलब्धि बर्बाद होस्, संविधान नै खारेज होस् भन्ने चाहनु भएको छ’, दाहालले भने ।

ओलीले अघिल्लो कार्यकालमा दुई/दुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजी रहेको उनले जिकिर गरे ।

वर्तमान सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने उनले ठोकुवा गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशमा समर्थन गर्न नहुने प्रचण्डले जिकिर गरे ।

प्रक्रिया र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषयमा आएको अध्यादेश गलत रहेको उनको जिकिर छ । ‘विधि र प्रक्रियासम्बन्धी विषयमा अहिलेसम्म उहाँहरू अडिनुभएको छ । मलाई लाग्छ, उहाँहरू अडिनुहुन्छ जस्तै लाग्छ’, उनले भने, ‘उहाँले आफ्नो मुद्दा छोडेर सरकारमा जानुहुन्छ जस्तो मलाई लाग्दैन ।’

राष्ट्रियसभामा बहुमत नपुग्ने भएकाले नै अध्यादेश सदनमा नपुगी अड्किएको उनले बताए ।

‘सदनमा अध्यादेश प्रस्तुत नगरी रोकिएर बसेका छन् । तपाईंहरूले राष्ट्रिय सभाको स्थिति बुझिराख्नु भएकै छ। त्यहाँ अगाडि बढ्न सकिरहेको स्थिति छैन । सरकारले सदन बोलाउने बेला गलत नियतले अध्यादेश ल्यायो’, उनले भने, ‘प्रक्रियाको दृष्टिकोणले पनि र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ । त्यो कुरामा सदनमा मैले भनेको छु, हाम्रो दलले बाहिर पनि भनेको छ ।’

अध्यक्ष प्रचण्डले वर्तमान सरकारबाट आशा गर्न सकिने ठाउँ नै नरहेको दाबी गरे ।

‘यसबाट धेरै राम्रो कुराको आशा गर्ने ठाउँ सुरुदेखि थिएन । यो सरकार संविधान मिचेर बनेको हो । संविधानको ७६ (२) अनुसार मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदा असफल भएपछि सिधै ३ मा गएर ठूलो दलको सरकार बन्ने हो’, उनले भने, ‘संविधानमा अर्को कुनै ठाउँ छैन । यो लोकतन्त्रको मर्मविपरीत पनि छ । संसदीय लोकतन्त्र भन्ने ठाउँमा पहिलो र दोस्रो दल मिलेर सरकार बन्दैन । नेपालमा लोकतन्त्रको मर्मविपरीत भयो । यसबाट धेरै आश गर्ने कुरा छैन ।’

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १ : १९ बजे

पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने

पोर्चुगल – युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’

पर्साको शिकारीबासमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता

पर्सा – विकट गाउँका रुपमा परिचत ठोरी गाउँपालिका–३ शिकारीबासका करिब

एलिना चौहान भन्छिन् : गालीगलौज गर्नेहरू माफी माग्दै छन्

काठमाडौं – “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन

५ प्रधानन्यायाधीशको काम : पहाड पल्टाउँदा मुसो !

काठमाडौं– एउटा मुद्दाको फैसला सुनाउन करिब ४ वर्षसम्म ५ जना

बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित

बागमती – बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष