कैलालीमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ  « Khabarhub

कैलालीमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ 


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।

 २६ गते साँझको समयमा ती बालिका माथि मासुको प्रलोभन देखाएर सामूहिक बलात्कार गरिएको हुन सक्ने प्रहरीको आशंका छ । 

प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी कवीन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र १६ वर्षीय अर्का किशोर रहेका छन् ।

पीडित बालिका स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर पसलमा पुगेकी थिइन् । सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगी जबरजस्तीकरणी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे पीडितकी दिदीले आइतबार साँझ प्रहरीलाई जानकारी गराएको थिइन् । लगत्तै इलाका प्रहरी कार्यालय, बौनियाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । हाल उनीहरू प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार मात्र धनगढीमा विद्यालयबाट घर फर्किने क्रममा १४ वर्षीया किशोरीलाई चक्कु देखाएर युवकले जबरजस्तीकरणी गरेका थिए । ती युवक अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १ : ५२ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा

किशोर श्रेष्ठ प्रकरणमा प्रेस संगठन आक्रोशित, निष्पक्ष छानबिनको माग

काठमाडौं – वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग सम्बन्धित पछिल्लो घटनाप्रति पत्रकार

अण्डाको मूल्य फेरि बढ्यो

चितवन – नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य